बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत जारी

नेपाल विद्युत् प्राधिकरणले विद्युत्‌का तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो। 

काठमाडौँ– बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको बुधबार फुटेको पाइप मर्मत जारी छ।

काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप रातिदेखि नै मर्मत कार्य शुरू गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए। 

“पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो। पानी बन्द भएपछि रातिबाट हामीले मर्मतको थालेका छौँ। मर्मत सकिएपछि पानी वितरण गर्ने छौँ,” उनले भने। 

नेपाल विद्युत् प्राधिकरणले विद्युत्‌का तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो। 

पाइप फुटेर पानी बगेपछि सो क्षेत्र जलमग्न भएको र विशेष अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो।