काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नतिका लागि बन्द

उक्त सडकको विकल्पका रूपमा कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ र पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

मकवानपुर– काठमाडौँ–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न शुक्रबारदेखि बन्द भएको छ। 

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए। उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन्।