तोलामा ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुनको मुल्य बिहीबार १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो। 

बिहीबार प्रतितोला सुन १ लाख ६९ हजार ८०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य १ लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसैगरी, चाँदी प्रतितोला ५ रुपैयाँले बढेको छ। प्रतितोला चाँदीको मूल्य १ हजार ९७० रुपैयाँ निर्धारण गरिएको छ।