दक्षिण कोरियाको होटलमा आगलागी, ६ जनाको मृत्यु

बुसान शहरको अग्नि नियन्त्रक सेवाले आगो निभाउन ९० जना अग्नि नियन्त्रक खटाएको थियो। भवनभित्र फसेका कामदारलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरिएको थियो। 

दक्षिण कोरियाको बन्दरगाह शहर बुसानमा निर्माणाधीन एक होटलमा शुक्रबार भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ। सात जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

स्थानीय समयअनुसार बिहान ११ बजेतिर ‘बनयान ट्रि होटल’ मा आगलागी शुरू भएको थियो। ‘नेसनल फायर एजेन्सी’का अनुसार आगलागी हुँदा करिब १०० जना कामदार होटेलमा थिए।

बुसान शहरको अग्नि नियन्त्रक सेवाले आगो निभाउन ९० जना अग्नि नियन्त्रक खटाएको थियो। भवनभित्र फसेका कामदारलाई उद्धार गर्न हेलिकप्टर प्रयोग गरिएको थियो। 

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले आगो निभाउनका लागि उपलब्ध सबै कर्मचारी र उपकरण पूर्ण रूपमा परिचालन गर्न आदेश दिएका छन्। 

आगो दिउँसो साढे १ बजे नियन्त्रणमा आएको थियो।