चितवनको बसपार्कमा दुईवटा विद्युतीय सवारी चार्जिङ स्टेशनमा निर्माण भएको छ। यहाँ एकैपटक छ वटासम्म गाडी चार्ज गर्न मिल्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
चितवन– चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले भरतपुरको केन्द्रीय बस टर्मिनलमा दुई वटा चार्जिङ स्टेसन निर्माण गरेको हो।
उता मुग्लिन बजारमा चार्जिङ स्टेशन निर्माण अन्तिम चरणमा पुगेको प्राधिकरणका इञ्जीनियर सागर ज्ञवालीले जानकारी दिए। बसपार्कमा सञ्चालनमा ल्याइएका स्टेशन ९० लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। यहाँ एकपटकमा छ वटासम्म गाडी चार्ज गर्न मिल्छ।
विद्युत्को आन्तरिक खपत बढाउन, पेट्रोलियम पदार्थको आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेशन बनाइएको इञ्जीनियर ज्ञवालीले बताए। यी चार्जिङ स्टेसन ‘सीसीएच’ र ‘जीबीटी’ प्रविधिका हुन्। स्टेशन बनाउने जिम्मा पाएको दिगोका प्रोजेक्ट म्यानेजर शिव अधिकारीका अनुसार यहाँ साना–ठूला सबै सवारी चार्ज गर्न मिल्छ।
सवारीको क्षमताअनुसार एकदेखि डेढ घण्टासम्ममा चार्ज पूर्ण हुन्छ। चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ। छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जर राखिएको छ। यसबाट ठूला बससहित तीनवटा सवारीसाधनले एकसाथ चार्ज गर्न सक्नेछन्।
चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत् बिलको भुक्तानी गर्न सक्नेछन्। यहाँ पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु पर्दैन। स्टेशनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारीधनीले कार्ड स्वाइप गरेर पैसा तिर्नुपर्छ। कति मिनेट वा कति रुपैयाँसम्मको चार्ज गर्ने हो त्यसैअनुसार पैसा काटिन्छ र गाडी चार्ज हुन्छ। समय वा पैसा बराबरभन्दा बढी गाडी चार्ज हुँदैन।
बिहान पाँचदेखि साँझ पाँचबजेसम्म आठ रुपैयाँ २८ पैसा प्रतियुनिट, बेलुका पाँचदेखि राति ११ बजेसम्म १० रुपैयाँ ४४ पैसा प्रतियुनिट र राति ११ देखि बिहान पाँचबजेसम्म नौ रुपैयाँ छ पैसा प्रतियुनिट शुल्क तोकिएको अधिकारीले जानकारी दिए। प्राधिकरणले देशभर ५१ चार्जिङ स्टेशन बनाउने लक्ष्य राखेर काम गरिरहेको छ।
जसमा १२ वटा सञ्चालनमा आइसकेका छन्। ३२ वटा जडान सम्पन्न भइसकेका छन्। बाँकी निर्माणको अन्तिम चरणमा पुगेको प्रधिकरणले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
