जापानले मूल्यवृद्धिलाई मध्यनजर गर्दै आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामल भण्डार खुल्ला गर्ने भएको छ।
जापानले मूल्यवृद्धिलाई मध्यनजर गर्दै आपत्कालीन प्रयोगका लागि सुरक्षित राखिएको चामल भण्डार खुल्ला गर्ने भएको छ। चामल जापानको प्रिय मुख्य खाद्यान्न हो।
सरकारले विगतमा ठूला भूकम्पलगायतका आपत्कालीन अवस्थामा आफ्नो चामल भण्डार प्रयोग गरेको थियो। तर मूल्यवृद्धिका कारण उत्पन्न जटिलतालाई मध्यनजर गर्दै जापानले आपत्कालीन चामल भण्डार खुल्ला गर्न थालेको पहिलो पटक हो।
सन् २०२३ मा अत्यधिक गर्मीका कारण उत्पादनमा कमी आएपछि माग अत्यधिक बढेको थियो। त्यो सन् २०२४ मा जारी रह्यो र त्यसपछि पनि चामलको माग निरन्तर बढ्दै गएको छ। जलवायु परिवर्तनका कारण निम्तिएको अत्यधिक गर्मी लहरले विश्वका धेरै भागलाई प्रभाव पारिरहेको छ। जापानले पनि सन् २०२४ यता निरन्तर उच्च तापक्रमको सामना गरिरहेको छ।
कृषिमन्त्री टाकु इटोले पत्रकारलाई सरकारले आफ्नो १० लाख टन भण्डारबाट दुई लाख १० हजार टन चामल वितरण गर्न लागिएको बताएका छन्। “हामी जसरी पनि वितरणको स्थिर अवस्थालाई सुधार गर्न चाहन्छौँ”, उनले भने।
सरकारले शरद ऋतुमा नयाँ फसलको चामल बजारमा आएपछि मूल्य स्थिर हुने अनुमान गरेको थियो तर मूल्यवृद्धि जारी रह्यो। सरकारी सर्वेक्षणअनुसार फेब्रुअरीमा पाँच किलोग्रामको थैलाको पछिल्लो औसत खुद्रा मूल्य तीन हजार ६८८ येन (२४ डलर) छ। यो गत वर्षको दुई हजार २३ येनबाट बढेको हो।
एक अभूतपूर्व कदमका रूपमा कृषि मन्त्रालयले गत महिना नयाँ नियमअन्तर्गत सरकारी भण्डारबाट चामल बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो।
भण्डार गरिएको चामल विपत्तिको अवस्थामा मात्र वितरण गर्ने कानूनी व्यवस्था थियो तर जापानले नियममा फेरबदल गरेर चामल वितरण अस्थिर मानिएको बेला आपत्कालीन चामल भण्डार खुल्ला गर्न अनुमति दिने व्यवस्था मिलाएको छ। मन्त्रालयले एक वर्षभित्र वितरकबाट त्यही परिमाणको चामल खरिद गर्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
