बाँकेमा १३ पटकसम्म औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा अझै हात्तीपाइले रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपालगन्ज– बाँकेका केही स्थानीय तह अझै हात्तीपाइले रोगको जोखिममा छन्। जिल्लामा १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा हात्तीपाइले रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
नेपालगन्ज उपमहानगरपालिका, डुडुवा, नरैनापुर र बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.२ प्रतिशतसम्म संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले जानकारी दिए।
सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य भए पनि जिल्लामा संक्रमित भेटिने क्रम अन्त्य नभएको उनको भनाइ छ। सन् २००३ देखि शुरू भएको औषधि सेवन अभियानबाट सन् २०२० मै हात्तीपाइले निवारण गर्ने उद्देश्य राखिएको थियो। जिल्लामा मात्र १४औँ पटक औषधि सेवन कार्यक्रम यही फागुन ५ गतेबाट शुरू गरिने भएको छ।
जिल्लामा हालसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि सेवन गरेका छैनन्। नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुग्न सकेको छैन।
भेरी अस्पतालका मेडिसिन विभाग प्रमुख वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले हात्तीपाइलेविरुद्ध प्रयोग भएका औषधि लामो समयदेखि प्रयोग हुँदै आएका औषधि भएकाले निर्धक्कसाथ सेवन गरी नेपाललाई हात्तीपाइले रोगमुक्त बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको उल्लेख गरे।
सर्वेक्षणअनुसार नेपालगन्जमा ३३.२८ प्रतिशतले औषधिले असर गर्ने डरका कारण र ३२.५३ प्रतिशतले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा यदुचन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रूपमा देखिएको बताए।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाहीले नेपालगन्ज उपमहानगरपालिकामा यही फागुन ५ गतेदेखि तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आमऔषधि सेवन कार्यक्रम शुरू गर्न लागिएको बताए। एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायम रहेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
