यस्तो रहनेछ शनिबारको मौसम

देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ। 

जसका कारण सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

यसैगरी, राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। लुम्बिनी, गण्डकी, बागमती र कोशीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई  स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।