नयाँ सरकार गठनका विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

संसदीय दलको निर्वाचन र नयाँ सरकार गठनका विषयमा छलफल गर्न आइतबार माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

काठमाडौँ– नयाँ सरकार गठनका विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो। 

बैठकमा पार्टी संसदीय दलको निर्वाचनका विषयमा पनि छलफल हुनेछ। माओवादीले आगामी सरकारको नेतृत्वका लागि तयारी गरिरहेको छ। शनिबार कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका थिए। 

आजको पदाधिकारी बैठकमा सरकारको नेतृत्व आफूले गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुने बताइएको छ। यद्यपी सत्ता गठबन्धनको बैठक भने बसेको छैन। 

ठबन्धनमा पनि सरकारको नेतृत्व, शक्ति बाँडफाँड लगायतका विषयमा सहमति जुट्न बाँकी नै छ।