पुलिस क्लबलाई पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले आहा रारा कपको उपाधि जितेको छ।
पोखरा– आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ।
शनिबार पोखरा रंगशालामा भएको खेलमा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औँ आहा राराको उपाधि जितेको हो।
ब्ल्याक बुल्स पहिलो सहभागितामै आहा रारा कपको उपाधि जित्न सफल भएको हो। आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको छ। यसअघि २०६२ सालमा पुलिसलाई नै हराएर अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो।
पाँच वर्षपछि आहा राराको फाइनलमा पुगेको पुलिस पाँचौँ पटक उपविजेतामा सीमित बन्यो। ब्ल्याक बुल्स पुलिसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो। ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्यो।
खेलको ४०औँ मिनेटमा कुभोनचबेक ओलिनोभले गलो गर्दै ब्ल्याक बुल्सलाई अग्रता दिलाए। त्यसपछि असिलबेक ओरिफजोनोभले ५८औँ र साभकातजोन सात्तोरोधले ६६औँ मिनेटमा गोल गरे।
पुलिसका लागि शिशिर चौधरीले ७४औँ मिनेटमा गोल गरेका थिए। आहा रारा कप च्याम्पियन बनेको ब्ल्याक बुल्सले १२ लाख १ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्यो। उपविजेता बनेको पुलिसले भने ६ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
