संयुक्त राष्ट्रसंघकाे शान्ति स्थापना कार्यअन्तर्गत लेबनानमा खटिएका शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको लेबनानी अधिकारीहरूले बताएका छन्।
लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्रसंघको टोलीमाथि आक्रमण गरेको आरोपमा २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएका छन्। उक्त आक्रमणमा बलको निवर्तमान उपकमान्डरसहित दुई शान्ति सेना घाइते भएका थिए।
संयुक्त राष्ट्रसंघ र लेबनानी अधिकारीले आक्रमणको निन्दा गरेका छन्। “लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,” आन्तरिकमन्त्री अहमद अल–हज्जरले शनिबारको एक आपत्कालीन सुरक्षा बैठकपछि सञ्चारकर्मीसँग भने, “यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउने छ।”
उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किने तयारीमा रहेका नेपाली नागरिक तथा निवर्तमान डेपुटी फोर्स कमान्डर चोकबहादुर ढकाल घाइते भएका छन्। युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र उनलाई अस्पतालमा भर्ना गरिएको बताएका छन्।
लेबनानस्थित संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल)ले आफ्नो एउटा गाडीमा आगजनी भएपछि छानबिन गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरेका छन्। लेबनानका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक जेनिन हेनिस–प्लास्चार्ट र युनिफिल कमान्डर जनरल एरोल्डो लाजारोसँगको कुराकानीमा उनले दोषीलाई पक्राउ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
