प्रतितोला १ लाख ५०० पुग्यो सुनको मूल्य

सुनको मूल्य एकैदिन ६०० रुपैयाँ बढेर एक लाख ५०० पुगेको छ।

काठमाडौँ– नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५०० तोकिएको छ।

शुक्रबार प्रतितोला ९९ हजार ९०० मा यो सुनको मूल्य आज ६०० सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ छ।

यसको मूल्य अघिल्लो दिन ९९ हजार ४०० थियो। त्यस्तै चाँदी अघिल्लो कारोबार मूल्यभन्दा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० पुगेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ७९३ दशमलव १३ अमेरिकन डलरमा कारोबार भइरहेको जनाइएको छ।