आयल निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेलको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको शनिबारको बैठकले आइतबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य बढाउन र डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो।
निगमका अनुसार पेट्रोल साबिकको मूल्यमा प्रतिलिटर एक रुपैयाँ बढेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटेको हो।
मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १६५.४०, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ कायम भएको छ।
त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५३.५०, दोस्रो वर्गमा १५५ र तेस्रो वर्गमा १५६ रुपैयाँ निर्धारण गरिएको निगमले शनिबार साँझ विज्ञप्ति जारी गरेर जनाएको छ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ।
इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँ बढेको र डिजल र मट्टितेल ३.५९ रुपैयाँ घटेकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ। निगमले जारी गरेको विज्ञप्तिमा एलपी ग्यास र हवाई इन्धनको मूल्य घटबढबारे भने उल्लेख छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
