चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको स्थानीयले बताएका छन्।
गोरखा– गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात भएको छ। चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात भइरहेको स्थानीय वीरबहादुर लामाले जानकारी दिए।
चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उनको भनाइ छ। हिमपातका कारण स्थानीयलाई घरबाहिर निस्कन समस्या परेको छ। “शनिार दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ। चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ,” लामाले भने।
हिमपातका कारण लार्केपास जान लागेका पर्यटक सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिए। “यत्तिकै हिमपात परिरहे लार्केपासतर्फ अघि बढ्नेसक्ने अवस्था हुँदैन। बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा फर्किने भन्ने निश्चित हुन्छ,” उनले भने।
उनका अनुसार हिमपातले लार्केपासको पदमार्ग पूरै ढाकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
