काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ।
काठमाडौँ– देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व संकलनमा गिरावट आएको छ।
घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको छ। पुसमा ४ अर्ब २५ करोड २२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। यस्तै, मंसिरमा ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो।
चालु आर्थिक वर्षको सात महिनाको विवरणअनुसार राजस्व संकलनमा सामान्य वृद्धि भएको छ। गत आवको सोही अवधिको तुलनामा झण्डै १४ प्रतिशतले वृद्धि भएको छ। चालु आवको माघ मसान्तसम्म कुल २४ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ।
गत आवको सोही अवधिमा २१ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व संकलन गरेको छ। सो कार्यालयले ३३ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको विवरणमा देखिन्छ।
यस्तै, डिल्लीबजार मालपोत कार्यालयले २६ करोड ९२ लाख, कलंकी मालपोतबाट २६ करोड १ लाख, मालपोत कार्यालय चाबहिलले २० करोड ८० लाख तथा भक्तपुर मालपोत कार्यालयले २४ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
