भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’ लाई पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ का रूपमा बजारमा ल्याएको हो।
काठमाडौँ– तुलसी भट्टराईद्वारा अनुवादित पुस्तक ‘सात सालको कथा’ लोकार्पण गरिएको छ।
भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’ लाई पब्लिकेसन नेपालयले ‘सात सालको कथा’ का रूपमा बजारमा ल्याएको हो। तारिणीप्रसाद कोइरालाका सहपाठी र समवयी रेणुको पुस्तक तारिणी परिवारकै सदस्य इन्दिरा कोइरालालाई हस्तान्तरण गर्दै लोकार्पण गरिएको थियो।
पुस्तकका अनुवादक तुलसी भट्टराईले रेणुको व्यापकता एउटा भाषा वा संस्कृतिको ज्ञानबाट मात्र बुझ्न नसकिने बताए। “नेपाली क्रान्ति–कथाले स्वतन्त्रता आन्दोलनको सजीव चित्र प्रस्तुत गरेकाले २५ वर्षअघि नै अनुवाद गर्दै छापेको थिएँ,” अनुवादक भट्टराईले भने, “रेणु र बीपी कोइराला दुवै उदार भावनाले लेख्ने लेखक हुन्। यस पुस्तकले प्रजातन्त्र र स्वतन्त्रताको महत्त्व बढाउँछ।”
अध्येता भास्कर गौतमले ‘सात सालको कथा’ पुस्तक लोकार्पण गर्दै रेणु यो देश र त्यो देश भनेर नछुट्याउने उदार लेखक भएको बताए। “रेणुका हरेक सिर्जनामा मानवता र मुक्त अस्तित्व प्रखर रूपमा आएको हुन्छ,” गौतमले भने, “माथि चुरेदेखि तल गंगासम्मको जनजीवन, प्रकृति र संस्कृतिलाई उनी साझा रूपमा हेर्ने दलीय–देशीय सोचभन्दा माथि उठेका लेखक हुन्।”
१२० पृष्ठको पुस्तकको मूल्य ३४५ रुपैयाँ रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
