अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये एक मालीमा बहुमूल्य धातुको अवैध रूपमा उत्खनन हुने गरेको छ।
पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुनखानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ।
माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशमध्ये एक हो र उत्खनन स्थलमा प्रायः घातक पहिरो जाने र दुर्घटना हुने गरेका छन्।
स्थानीय प्रहरी स्रोतले भन्यो, “केही पीडित पानीमा खसे। तिनीहरू मध्ये एक महिला पनि थिइन् जसको पिठ्युँमा बच्चा थियो।”
एक स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गरे। पीडितहरूको खोजी जारी रहेको अधिकारीहरूले बताएका छन्। शनिबारको दुर्घटना एक चिनियाँ कम्पनीले पहिले सञ्चालन गरेको परित्यक्त स्थलमा भएको थियो।
जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो। तीमध्ये धेरैजसो महिला थिए।
ठिक एक वर्षअघि शनिबारको पहिरो गएकै क्षेत्रमा रहेको एक सुनखानी स्थलमा सुरुङ भत्किँदा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
विश्वका सबैभन्दा गरिब देशमध्येको यस देशमा बहुमूल्य धातुको अवैध रूपमा उत्खनन हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
