उक्त घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए।
काठमाडाैँ– पोखरामा शनिबार आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको घटना छानबिन गर्न गृहमन्त्री रमेश लेखकले आठ सदस्यीय छानबिन समिति गठन गरेका छन्।
आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो। समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला कार्यालयका उप अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी सदस्य र कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री सदस्य सचिव रहेका छन्। साथै समितिमा एक जना विस्फोटक पदार्थ विज्ञ समेत हुनेछन्।
समितिले आइतबारदेखि नै बेलुन विस्फोट घटनाको विस्तृत छानबिन गरी आगामी दिनमा यसप्रकारका कार्यक्रम गर्दा पूर्वसतर्कता र अवलम्बन गर्नुपर्ने उपायसहितको प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ।
उक्त घटनामा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका थिए। शनिबार बेलुकी नै गृहमन्त्री लेखक जलनपछि कीर्तिपुर अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेल र मेयर आचार्यको अवस्था बुझ्न अस्पताल पुगेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
