आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको सुधार देखिएको छ। आइतबार नेप्से परिसूचक १९.५६ अंकले बढेर २६९८.०३ को विन्दुमा कायम भएको हो।
यस दिनको कारोबारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ।
नेप्सेका अनुसार आइतबार ३०९ कम्पनीको दुई करोड नौ लाख ८४ हजार ४४० कित्ता शेयर ९६ हजार २८२ पटक खरिदबिक्री हुँदा नौ अर्ब ४७ करोड तीन लाख आठ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यसअघि बिहीबार सात अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा म्युचुअल फन्ड ०.११ र निर्जीवन बीमा १.२८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै वित्त समूहको उपसूचक ४.९४ प्रतिशतले बढेको छ।
त्यस्तै, बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५, जलविद्युत् ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन तथा प्रशोधन ०.२०, लघुवित्त १.८६ अन्य ०.३८ र व्यापार समूहको उपसूचक ०.२५ प्रतिशतले बढेको छ।
यस दिनको कारोबारमा चार वटा कम्पनी शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एउटामा नकारात्मक सर्किट लागेको छ।
नेप्सेका अनुसार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य पनि ९.९९ प्रतिशतले बढेको छ।
त्यस्तै, न्यादी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले घटेको हो। एनएलजी इन्स्योरेन्स ९.५५, वाराही हाइड्रोपावर ७.४१ र कर्पोरेट डेभेलपमेन्ट बैंकका लगानीकर्ताले ५.८० प्रतिशतले कमाएका छन्।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फाइस्टक्चर एन्ड डेभेलपमेन्टको ३३ करोड ५४ लाख ७५ हजार १२९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
