नवराजपुर गाउँपालिका–१ मा सामूहिक बलात्कारमा परेकी भनिएकी किशोरीलाई गाउँमा बसेको पञ्चायतले मिलापत्र गर्न दबाब दिएको केही समयमै मृत भेटिएकी छन्।
सिरहा– नवराजपुर गाउँपालिका–१ मा सामूहिक बलात्कारमा परेकी भनिएकी किशोरीलाई गाउँमा बसेको पञ्चायतले मिलापत्र गर्न दबाब दिएको केही समयमै मृत भेटिएकी छन्।
पीडित परिवारलाई पैसा लिएर मिलापत्र गर्न पञ्चायतले दबाब दिएको किशोरीकी आमाको दाबी छ। आरोपीहरूले सामूहिक रूपमा एक लाख ४० हजार रुपैयाँ ‘जरिबाना’ तिर्नुपर्ने पञ्चायतले निर्णय गरेको थियो। तर किशोरीले त्यसमा आपत्ति जनाएको उनकी आमाको भनाइ छ।
पञ्चायतले पैसा लिएर पीडकहरूसँग मिल्न धम्की दिएपछि उनले आत्महत्या गरेको परिवारको दाबी छ। स्थानीय टिंकु मण्डल, चन्दन साह र रमेश मण्डलले गत माघ २६ गते राति १७ वर्षीया ती किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको र राति करिब ३ बजे घरमा छाडिदिएको परिवारको भनाइ छ। भोलिपल्ट यही घटनालाई लिएर गाउँमा पञ्चायती बसेको थियो।
जिल्ला प्रहरी कार्यालय सिरहाले उक्त घटनामा आत्महत्या दुरुत्साहनको जाहेरी परेको जनाएको छ। तर सामूहिक बलात्कारको आरोप पनि लागेपछि आफूहरूले त्यसबारे समेत अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले बताए।
विषय संवेदनशील भएको कारण किशोरीको शव जिल्लाकै अस्पतालमा नभएर पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको पासवानले जानकारी दिए। त्यसअघि, शव प्रादेशिक अस्पताल लहान लगिएको थियो। स्थानीयले भने शव एकाएक धरान लैजानु शंकास्पद भएको भन्दै विरोध जनाएका छन्।
प्रहरी नायब उपरीक्षक पासवानले पोस्टमार्टमको रिपोर्ट सोमबारसम्म आउने बताए। उनी भन्छन्, “हिजो (शनिबार) परिवारले सद्गत गरिसक्यो। मुद्दालाई प्रहरीले संवेदनशील भएर हेरेको छ। रिपोर्टमा के देखिन्छ भन्ने पर्खेको मात्र हो।”
नवराजपुर–१ का वडाध्यक्ष नवीनकुमार यादव प्रहरीले अनुसन्धान गरिरहेको र आफूहरूले त्यसका लागि सहयोग गरिरहेको बताउँछन्। आफूहरूलाई पञ्चायतीमा भने नबोलाइएको उनको भनाइ छ।
“त्यो दिन गाउँमै मानिसहरू बसेर छलफल गरेका थिए, पछि त्यो दुखद घटना पनि भएको भन्ने थाहा पाइयो,” वडाध्यक्ष यादव भन्छन्, “घटनामा आरोपीहरूलाई बचाउने चलखेल शुरू भएको भन्ने पनि गाउँलेबाट सुनियो। डीएसपी साहेबको नेतृत्वमा प्रहरी आएको रहेछ, सयभन्दा बढी स्थानीय त्यहाँ थिए। उनीहरूले तीन जना संलग्न रहेको भनी सामूहिक रूपमै प्रहरीलाई भनेका छन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
