गुल्मीको इस्मामा बाटो खन्ने क्रममा एक्स्काभेटरले पल्टाएको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु भएको छ।
गुल्मी– गुल्मीको इस्मामा बाटो खन्ने क्रममा एक्स्काभेटरले पल्टाएको ढुंगा लागेर एक विद्यार्थीको मृत्यु भएको छ।
इस्मा गाउँपालिका–२ हस्तिचौर तारागाउँ निवासी ज्ञानबहादुर कुमालकी छोरी ८ वर्षीया विष्णु कुमालको आइतबार मृत्यु भएको हो।
कुमाल पालुखा माविमा कक्षा यूजेकीमा अध्ययनरत विद्यार्थी हुन्। अध्ययनका लागि विद्यालय जाँदै गरेका बेला माथिबाट खसेको ढुंगा टाउकामा लागेको थियो।
स्थानीयले उपचारका लागि तम्घास अस्पताल ल्याए पनि उद्धारमा ढिलाइ हुँदा उहाँको ज्यान गएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी दाहालले एक्स्काभेटर चालक मकवानपुरको इन्द्रचौर गाउँपालिका–४ सिस्नेरी बस्ने ३६ वर्षीय राजेश रेग्मीलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
