मौरिसस प्रहरीले पूर्वप्रधानमन्त्री प्रविन्द जगन्नाथलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भन्दै पक्राउ गरेको छ।
मौरिसस प्रहरीले पूर्वप्रधानमन्त्री प्रविन्द जगन्नाथलाई सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि भन्दै पक्राउ गरेको छ।
मौरिसस प्रहरीस्रोतले एएफपीलाई दिएको जानकारीअनुसार अधिकारीहरूले ६३ वर्षीय जुगनाथ र उनकी पत्नी कोबिता जुगनाथलाई आइतबार बिहान पक्राउ गरी केही घण्टा सोधपुछ गरेका थिए। कोबितालाई सोधपुछपछि रिहा गरिएको छ। पूर्वप्रधानमन्त्री प्रविन्दलाई आइतबार बिहान कार्यालय समय शुरू भएपछि न्यायाधीशसमक्ष उपस्थित गराउने तयारी छ।
एएफपीले देखेको प्रहरी रिपोर्टमा अधिकारीहरूले अर्का एक सन्दिग्धको घरमा खानतलासी गरेको विवरण दिइएको छ। जसमा जुगनौथको नामका साथै लक्जरी घडी र विभिन्न मुद्राको फाइल फेला परेका थिए।
मौरिससको वित्तीय अपराध आयोगले शनिबार एक सूचना जारी गर्दै ‘सम्पत्ति शुद्धीकरणको मुद्दा’को अनुसन्धानको हवाला दिँदै जुगनाथ दम्पती र अन्य दुई सन्दिग्धलाई देश छोड्न खोजेमा पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो।
सन् २०१७ देखि सन् २०२४ सम्म प्रधानमन्त्री बनेका जुगनाथ सन् १९६८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै मौरिससको नेतृत्वमा प्रभुत्व जमाएको वंशमध्ये एक वंशको प्रतिनिधित्व गर्ने नेता हुन्। उनले लामो समयदेखि चलेको विवादपछि मौरिससलाई चागोस टापुको सार्वभौमिकता पुनः प्राप्त गर्न बेलायतसँग ऐतिहासिक सम्झौता गरेका थिए।
उनी र उनको समाजवादी आन्दोलनले नोभेम्बरमा तनावपूर्ण चुनावमा नराम्रो हार बेहोरेको थियो। उनले तेस्रो पटक प्रधानमन्त्री बनेका मध्यवामपन्थी प्रतिद्वन्द्वी नवीन रामगुलामलाई पद हस्तान्तरण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
