इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलअन्तर्गत आइतबार भएका दुई खेलमा टोटनह्याम र लिभरपुल विजयी भएका छन्।
काठमाडाैँ– इंग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलअन्तर्गत आइतबार भएका दुई खेलमा टोटनह्याम र लिभरपुल विजयी भएका छन्।
गएराति भएको खेलमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई १–० गोल अन्तरले हराएको छ। खेलको १३औँ मिनेटमा जेम्स म्याडिसनले गरेको गोलले टोटनह्यामलाई जित दिलायो।
टोटनह्याम ३० अंकका साथ १२औँ स्थानमा छ भने म्यानचेस्टर युनाइटेड २९ अंकसहित १५औँ स्थानमा छ।
त्यसअघि भएको अर्को खेलमा लिभरपुलले वुल्भ्सलाई २–१ गोल अन्तरले हरायो। १५औँ मिनेटमा लिभरपुलले लुइस डियाजको गोलमार्फत शुरूआती अग्रता लिएको थियो। ३७औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै खेल २–० मा पुर्याए। ६७औँ मिनेटमा म्याथ्युस कुन्हाले गोल फर्काए पनि वुल्भ्सलाई पर्याप्त बनेन।
यो जितसँगै लिभरपुलले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ। लिभरपुलको २५ खेलबाट ६० अंक छ। दोस्रो स्थानको आर्सनलको समान खेलबाट ५३ अंक छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
