अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, नेपाल किर्गिस्तानसँग खेल्ने

चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा शुरू हुँदैछ।

काठमाडौँ– अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि शुरू हुँदैछ। चार देश सम्मिलित फुटबल प्रतियोगिता काठमाडाैँस्थित दशरथ रंगशालामा शुरू हुन लागेको हो।

सोमबार दुई खेल हुँदैछन्। दिउँसो २ बजे हुने उद्घाटन खेलमा म्यानमार र लेबनानबीच हुनेछ। 

साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ। फिफा वरीयतामा कीर्गिस्तान नेपालभन्दा तल छ। नेपाल १०३औँ स्थानमा रहँदा किर्गिस्तान १२८औँ स्थानमा छ। कीर्गिस्तानसँग नेपाल एक पटक मात्रै खेलेको छ।

प्रतियोगिताकै लागि नेपाली टोली गोलकिपर एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ डिफेन्डर अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई, मिडफिल्डर अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ  र फरवार्ड सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल छन्।

प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। नेपालले आज किर्गिस्तान, फागुन ८ मा लेबनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ।