इलन मस्क प्रमुख रहेको सरकारी दक्षता विभाग (डोज)ले नेपालको जैविक विविधता र संघीयता क्षेत्रमा छुट्याइएको ३९ मिलियन रकम रद्द गर्ने आइतबार घोषणा गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बजेट कटौतीमा कडाइका साथ काम गरिरहेको छ। यसै क्रममा नेपाललाई दिइने अर्बाैं रकममा पनि रोक लगाएको छ।
अर्बपति व्यापारी इलन मस्क प्रमुख रहेको सरकारी दक्षता विभाग (डोज)ले नेपालको जैविक विविधता र संघीयता क्षेत्रमा छुट्याइएको ३९ मिलियन अमेरिकी डलर (५ अर्ब रुपैयाँभन्दा धेरै) रकम रद्द गर्ने आइतबार घोषणा गरेको हो। नेपालको 'फिस्कल फेडेरालिजम' (आर्थिक संघीयता) शीर्षकमा रहेको २० मिलियन र 'बायोडाइभर्सिटी कन्भर्सेसन' (जैविक विविधता वार्ता) शीर्षकमा रहेको १९ मिलियन रकम रोकेको हो।
मस्कको नेतृत्वमा रहेको डोजले एक्समा लेखेको छ, 'अमेरिकी करदाताको पैसा निम्न वस्तुहरूमा खर्च गरिने थियो, जुन सबै रद्द गरिएको छ।' उक्त विभागले नेपालसहित भारत, कम्बोडिया, दक्षिण अफ्रिका, लाइबेरिया, मालीलगायत देशमा दिँदै आएको रकम कटाैती गर्ने घोषणा गरेको छ।
US taxpayer dollars were going to be spent on the following items, all which have been cancelled:
— Department of Government Efficiency (@DOGE) February 15, 2025
- $10M for "Mozambique voluntary medical male circumcision"
- $9.7M for UC Berkeley to develop "a cohort of Cambodian youth with enterprise driven skills"
- $2.3M for "strengthening…
यो निर्णय ट्रम्प प्रशासनले थालेको अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको अंश हो। जसले चुनावी प्रक्रिया, जलवायु तथा राजनीतिक स्थिरता सुधार गर्ने उद्देश्यले गरिएका प्रमुख प्रयासहरूलाई असर गर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
