तोलामा १२ सय रुपैयाँले बढ्यो सुनको भाउ

छापावाला सुन आज तोलाको १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ।

काठमाडाैँ– नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको हो ।

जसअनुसार आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको  छापावाला सुन आज १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ।