अमेरिकी सैनिक विमानले तेस्रो खेपमा निर्वासित थप ११२ भारतीय नागरिकलाई उत्तरी शहर अमृतसरमा ल्याएर छाडेको अधिकारीहरूले बताएका छन्।
११२ अवैध भारतीय आप्रवासी बोकेको एउटा अमेरिकी सैन्य विमान उत्तरी भारतीय शहर अमृतसरको विमानस्थलमा अवतरण गरेको अधिकारीहरूले सोमबार बताएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको देशमा अवैध आप्रवासीविरुद्धको अभियानअन्तर्गत अमेरिकाबाट निर्वासित भारतीयको यो तेस्रो समूह हो।
अधिकारीहरूका अनुसार सी–१७ अमेरिकी सैन्य विमान आइतबार राति अमृतसर विमानस्थलमा अवतरण गरेको थियो।
आप्रवासन, प्रमाणीकरण र पृष्ठभूमि जाँचसहित सबै औपचारिकता पूरा गरेपछि निर्वासितलाई आफ्नो घर जान अनुमति दिइने अधिकारीहरूले बताएका छन्।
शनिबार राति एउटा अमेरिकी सैन्य विमानले ११६ भारतीय आप्रवासीलाई अमृतसर ल्याएको थियो। यसअघि फेब्रुअरी ५ मा १०४ भारतीयलाई अमेरिकाबाट फिर्ता पठाइएको थियो।
दोस्रो पटक अमेरिकी राष्ट्रपतिको पद सम्हालेलगत्तै ट्रम्पले अवैध आप्रवासीविरुद्ध व्यापक कारबाही शुरू गरेका छन्।
गत हप्ता संयुक्त राज्य अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आफ्ना कुनै पनि नागरिकलाई फिर्ता लिने बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
