कुल दुर्घटनामा परेका सवारीसाधनमध्ये दुई हजार ४७४ अर्थात् ५४.५५ प्रतिशत मोटरसाइकल रहेका छन्।
काठमाडौँ– गएको माघमा अत्यधिक सवारीसाधन दुर्घटना भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन्। कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारीसाधन परेका हुन्। ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ।
दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशरकुमार आचार्यले जानकारी दिए। उनका अनुसार एक महिनामा कुल दुर्घटनामा परेका सवारीसाधनमा मोटरसाइकल मात्रै दुई हजार ४७४ रहेका छन्। यो कुल दुर्घटनाको ५४.५५ प्रतिशत हो।
त्यसपछि जिप कार र भ्यान, माइक्रो २१.२१ प्रतिशत दुर्घटना भएको छ। अन्यमा बस ५.५३, ट्रक, ट्यांकर ६.२, ट्याक्टर २.३६ प्रतिशत र टेम्पो ५.१८ प्रतिशत दुर्घटना भएका छन्। अन्य डोजर, लोडरलगायतका सवारीसाधन पनि दुर्घटनामा परेको पाइएको छ।
दुर्घटनाका कारण
सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पनि प्रहरी प्रधान कार्यालयको विश्लेषणले निष्कर्ष निकालेको छ। चालकको लापरबाहीले एक हजार १७९ दुर्घटना भएका छन्। त्यसपछि चालकको लापरबाही, मादक पदार्थ सेवनले बढी दुर्घटना भएका छन्। बटुवाले बाटो काट्दा पनि दुर्घटना भएका छन्। चालकको लापरबाहीले ८६४, मापसे गरेर २०४ लगायत दुर्घटना भएका छन्।
१९९ को मृत्यु
ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन्। त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
