सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन हुने स्थिति नदेखिएपछि कांग्रेसले समिति बनाएको हो।
काठमाडौँ– संसदीय दलको नेता चयन गर्न नेपाली कांग्रेसले संसदीय समिति बनाएको छ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको एक नेताले जानकारी दिए।
उक्त समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य रहेका छन्। समितिले संसदीय दल गठनका लागि निर्वाचनको मिति तोक्ने छ।
सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन हुने स्थिति नदेखिएपछि कांग्रेसले समिति बनाएको हो।
कांग्रेसमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच संसदीय दलको नेताका लागि प्रतिस्पर्धा हुने देखिएको छ।
प्रत्यक्षतर्फका ५७ र समानुपातिकतर्फका ३२ समेत गरेर ८९ जना सांसदले संसदीय दलको नेता चयन गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
