नेप्से परिसूचक २९.८७ अंकले बढ्यो, १० अर्बको शेयर किनबेच

सोमबार नेप्से परिसूचक २९.८७ अंक अर्थात् १.१० प्रतिशतले बढेर २७२७.९१ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– यो साता कारोबारको लगातार दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ। सोमबार नेप्से परिसूचक २९.८७ अंकले बढेर २७२७.९१ को बिन्दुमा कायम भएको हो। यो १.१० प्रतिशतको वृद्धि हो।

यस दिन ३०२ कम्पनीको एक करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर एक लाख दुई हजार ८६१ पटक खरिदबिक्री हुँदा १० अर्ब चार करोड ९६ लाख ५४ हजार ८३२ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ २.१६, होटल तथा पर्यटन २.२९, लघुवित्त २.४५ र अन्य समूह २.४७ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक ०.३३, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७७, म्युचुअल फन्ड ०.५२ र निर्जीवन बीमा समूह १.०७ प्रतिशतले बढेको छ। तीन वटा समूहको उपसूचक भने घटेको छ। वित्त समूह ०.८४, जलविद्युत् ०.१५ र व्यापार समूह १.२७ प्रतिशतले घटेको हो।

६ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखारी स्मल हाईड्रोपावर, स्कल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्येश्वरी हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बढेको हो। सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ करोड ७४ लाख ३५ हजार ३५५  रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने कुमारी बैंकको सबैभन्दा धेरै चार करोड १६ लाख ३४९ कित्ता शेयर किनबेच भएको छ।