अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले किर्गिस्तानलाई १– ० गोल अन्तरले पराजित गरेको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपालले विजयी शुरूआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई १– ० गोल अन्तरले पराजित गरेको हो।
नेपालका लागि विमला चौधरीले खेलको १० मिनेटमा गरेको गोल नै निर्णायक गोल रह्यो।
उनले सविता रानामगरले उपलब्ध गराएको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेकी थिइन्।
नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानलाई दबाबमा राखेको भए पनि त्यसपछि कुनै पनि गोल गर्न सकेन।
जितसँगै नेपालले ३ अंक जोडेको छ। नेपालले अब फागुन ८ गते लेबनान र ११ गते म्यानमारसँग खेल्नेछ।
यसअघि भएको दिनको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो।
म्यानमारको जितमा विन थेङ्गी तुन, स्वेय यी तुन र सान थाअले समान १–१ गोल गरे भने लेबनानका लागि लायला इस्कन्दरले सान्त्वना गोल गरिन्। म्यानमारले पनि तीन अंक जोडेको छ।
चार देश सम्मिलित प्रतियोगिताका खेल राउन्ड रोबिनका आधारमा खेलाइएको छ भने शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल भिडन्त हुनेछ। प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन ‘म्याच डे’ हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
