क्यानडामा ८० जना सवार जहाज पल्टियो, १७ घाइते

क्यानडाको टोरन्टो पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा डेल्टा एयरलाइन्सको जहाज पल्टिएको छ।

टोरन्टोको पियरसन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अवतरणका क्रममा जहाज पल्टिदा १७ जना घाइते भएका छन्।

मिनियापोलिसबाट आएको डेल्टा एयरलाइन्सको जहाजमा चार जना चालक दलका सदस्यसहित ८० यात्रु सवार थिए। हिउँले ढाकेको विमानस्थलमा जहाज अवतरणका क्रममा प्लटिएको समाचार संस्था एपीले जनाएको छ। 

दुर्घटनामा कसैको पनि मृत्यु नभएको ग्रेटर टोरन्टो विमानस्थल प्राधिकरणकी सीईओ डेबोरा फ्लिन्टले बताइन्। जहाज पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो।

सबै यात्रुको उद्धार भएको विमानस्थलले जनाएको छ। क्यानडाको सबैभन्दा व्यस्त यस विमानस्थल दुर्घटनापछि साढे दुई घण्टाका लागि ग्राउन्डेड गरिएको थियो। अनुसन्धानको क्रममा दुई रनवे बन्द गरिएका छन्।