लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको ६ महिनामा सवारी दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ। लापरबाहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको संख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो।
गृह मन्त्रालयका अनुसार २०८० पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सवारी दुर्घटनामा एक हजार १४९ जनाको ज्यान गएको थियो। यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सवारी दुर्घटना हुँदा एक हजार २३३ जनाको ज्यान गएको छ।
गत वर्षको ६ महिनाको तुलनामा यस वर्ष दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा वृद्धि भएको छ। गत मंसिरको तुलनामा पुसमा सवारी दुर्घटना बढे पनि मृत्यु हुनेको संख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।
मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सवारी दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको अकालमा ज्यान गएको थियो। गत असोजमा एक हजार ८७३ सवारी दुर्घटनामा २००, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ। अघिल्लो गत मंसिरमा दुई हजार १४ सवारी दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर २९७ जनाको निधन भएको छ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको संख्या घटे पनि मृत्यु हुनेको संख्यामा बढोत्तरी भएको छ। मधेश प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको संख्या बढे पनि मृत्यु हुनेको संख्या घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
