तोलामा ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। चाँदी भने स्थिर रहेको छ।

सोमबार तोलामा १ हजार २०० रुपैयाँ बढेको छापावाल सुनको मूल्य आज तोलामा ७०० रुपैयाँ बढेको हो। आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ रहेको थियो। त्यसैगरी, चाँदीको मूल्य भने स्थिर रहेको छ। महासंघका अनुसार चाँदी १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ।