नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्।
चितवन– नारायणगढ–मुग्लिन सडकमा १९ नयाँ पुल सञ्चालनमा आएका छन्। सो सडकमा भएका सबै पुराना पुलको ठाउँमा दोहोरो गरी गुड्न मिल्ने नयाँ पुल निर्माण गरेर सञ्चालनमा ल्याइएको हो। सडक विस्तारसँगै चार पुल नयाँ बनाइएका थिए। पछि १५ नयाँ पुल बनाएसँगै सबै पुल विस्तार भएका हुन्।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इन्जिनियर विजय दरैका अनुसार खहरे खोलाको पुल सञ्चालनमा आएसँगै सबै पुल निर्माणको काम सकिएको हो। सो पुल निर्माणस्थलमा घरटहरा रहेकाले मुआब्जा दिन ढिलाइ हुँदा पुल बन्न समय लागेको थियो। यसअघि तुइन खोलाको पुल सञ्चालनमा आएको थियो।
दुई वर्ष हिउँदमा सडक रोकी भित्तो काटेर पहाड भत्काएर सो पुल निर्माण गरिएको हो। उक्त सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो।
२०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन्। सडक चौडा भएपछि पुलको काम थालिएको हो। यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ।
पुल सोहीअनुसार फराकिलो बनाइएको छ। पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो। एक अर्ब २६ करोड ५० लाख पाँच हजार ५९६ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको दरैले जानकारी दिए।
तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो। झन्डै दुई वर्ष थप समय लगाएर पुल निर्माण सम्पन्न भएको हो।
कोभिड, मुआब्जा वितरण, भित्तो काट्न समस्या, विद्युत्का तार तथा खम्बा व्यवस्थापन, मठ–मन्दिर, शौचालय, प्रतीक्षालय स्थानान्तरण लगायतका कारण सम्झौता गरिएको समयमा काम सम्पन्न हुन नसकेको दरैको भनाइ छ।
यो सडक हुँदै दैनिक १० हजार बढी सवारी साधन आवतजावत गर्ने गर्दछन्। यसमध्ये धेरै राजधानी जाने र बाहिरिने हुने गर्दछन्। पुल विस्तारसँगै सवारी साधन जामको समस्या कम हुने अनुमान गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
