राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन्।
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेकी छन्।
राष्ट्रपति भण्डारीले ७ दिनको समयसीमा दिएर प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरूलाई आह्वान गरेको राष्ट्रपतिको कार्यालयले आइतबार विज्ञप्तिमार्फत जानकारी दिएको छ। आउँदो पुस १० गते बेलुकी ५ बजेभित्र सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपतिले आह्वान गरेकी हुन्।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरूलाई राष्ट्रपतिले आग्रह गरेकी छन्।
“प्रधानमन्त्री नियुक्त गर्नको लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि मिति २०७९/९/१० गते आइतबार १७स:०० बजे भित्र दाबी पेश गर्न सम्माननीय राष्ट्रपतिज्यूबाट आव्हान भएको ब्यहोरा अनुरोध छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
मंसिर ४ को निर्वाचनमा कुनै दलले बहुमत प्राप्त गर्न नसकेपछि दलहरूबीच गठबन्धन सरकार बनाउने कसरत चलिरहेको छ। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सत्तागठबन्धनले आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास गरिरहेको छ भने विपक्षी नेकपा एमाले नेतृत्वको गठबन्धनले पनि सरकार बनाउन सकिने कसरत छाडिसकेको छैन।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
