नेपाली कांग्रेसले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको हैसियतमा सरकार गठनका लागि संवाद थाल्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।
काठमाडौँ– नेपाली कांग्रेसले आगामी सरकार आफ्नै नेतृत्वमा गठनका लागि गृहकार्य अघि बढाउने निर्णय गरेको छ।
पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
“प्रतिनिधिसभा सबैभन्दा ठूलो दल भएको हैसियतले नेपाली कांग्रेस पार्टीले संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुन्छ। कांग्रेसकै नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धन दल र अन्य दलसँग संवाद गर्ने निर्णय गरेको छ”, उनले भने, “अहिले गठबन्धन सरकारलाई निरन्तरता दिने लक्ष्य हो। औपचारिक र अनौपचारिक छलफल हुन्छ। २ सिट कम छ त्यसका लागि पनि पहल गर्छौं।”
त्यस्तै, कांग्रेसले संसदीय दलको नेता चयन गर्न समिति बनाउने निर्णय गरेको छ। सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन हुने स्थिति नदेखिएपछि कांग्रेसले समिति बनाएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
