यस्तो रहनेछ बुधबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

काठमाडौँ– देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। 

जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ। तराईका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। 

यसैगरी, राति सुदूरपश्चिम,कर्णाली र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।