इटहरी गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै धरान सेमिफाइनलमा

धरानका लागि दोर्जे तामाङ र विवेक राईले समान एक–एक गोल गरे। चर्च ब्वाइजका अनन्त तामाङले एक गोल फर्काए।

धरान– चर्च ब्वाइज युनाइटेड काठमाडौँलाई २–१ गोलअन्तरले पराजित गर्दै धरान फुटबल क्लब इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

मंगलबार साँझ सम्पन्न खेलमा धरानका लागि दोर्जे तामाङ र विवेक राईले एक–एक गोल गरे। चर्च ब्वाइजका अनन्त तामाङले एक गोल फर्काए। प्लेयर अफ द म्याच धरानका दोर्जे तामाङ घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। 

यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता छ। विजेताले ट्रफीसहित १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।