भद्रपुर–झापा गोल्डकपः ४ देशका १० टोली प्रतिस्पर्धामा

गोल्डकपमा नेपाल, भारत, भुटान र बांग्लादेशका १० टोली भिड्दैछन्। बुधबार हुने उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ।

भद्रपुर– भद्रपुर–झापा गोल्डकपको दोस्रो संस्करण बुधबार शुरू हुँदैछ।

उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स र पाहुना टोली भारतको दार्जिलिङ पुलिसबीच प्रतिस्पर्धा हुँदैछ।

मेची रंगशालामा दिउँसो साढे २ बजे खेल शुरू हुनेछ। गोल्डकपमा नेपाल, भारत, भुटान र बांग्लादेशका १० टोली भिड्दैछन्।

प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, सशस्त्र प्रहरीको एपीएप एफसी र झापा–११ गरी सात नेपाली टोली सहभागी हुँदैछन्।

यसैगरी भारतको दार्जिलिङ पुलिस एफसी, भुटानको ट्रान्सपोर्ट युनाइटेड एफसी र बांग्लादेशको काउर्न बजार प्रगति संघ गरी तीन विदेशी टोली सहभागी छन्।