तोलामा १ लाख ७० हजार ५०० पुग्यो सुन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबारको तुलनामा प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ।

काठमाडौँ– नेपाली बजारमा बुधबार पनि छापावाल सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा १ हजार १०० रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ पुगेको हो।

मंगलबार सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ थियो। नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलाको १ हजार ९८५ रुपैयाँमा बिक्री भइरहेको महासंघले जनाएको छ।

मंगलबार चाँदी तोलाको १ हजार ९७० रुपैयाँ थियो।