बाइडेनले मनोनीत गरेका न्यायाधिवक्ता बर्खास्त गर्न ट्रम्पको आदेश

देशको ९४ संघीय जिल्ला अदालतमध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन्।  

विगत चार वर्षमा न्याय विभागको व्यापक राजनीतिकरण भएको भन्दै ट्रम्पले यस्तो आदेश दिएका हुन्। “हामीले तुरुन्तै घर सफा गर्नुपर्छ र विश्वास पुनर्स्थापित गर्नुपर्छ। अमेरिकाको स्वर्ण युगमा निष्पक्ष न्याय प्रणाली हुनुपर्छ र यो आजबाट शुरू हुन्छ,” उनले भने। 

देशको ९४ संघीय जिल्ला अदालतमध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकिल रहने व्यवस्था छ। यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ता छन्।