साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाउन लागिएको गाउँपालिकाले जनाएको छ।
काभ्रेपलान्चोक– भुम्लु गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको साग खरिद गर्ने भएको छ। साग बिक्री नभएर चिन्तित किसानलाई राहत दिने उद्देश्यले साग खरिद गरी गुन्द्रुक बनाउन लागिएको गाउँपालिकाले जनाएको छ।
सागको दररेट तोकेर गाउँपालिकाले स्थानीयसँग साग लिन सार्वजनिक अपिलसमेत गरेको हो। प्रतिकिलो २५ रुपैयाँका दरले किसानसँग साग खरिद गरी गुन्द्रुक बनाउने योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खत्रीले बताए।
भुम्लुमा उत्पादित साग स्थानीय बजारमा खपत नहुने र दोलालघात तथा जिल्लाको अन्य बजारमा लैजाँदा महंगो भाडा पर्ने भएपछि गाउँपालिकाले खरिद गर्ने भएको हो। खत्रीका अनुसार आफूसँग हाल रहेको साग तथा प्रतिवर्ष कति उत्पादन गर्न सकिने परिणामसहित गाउँपालिकाको कृषि विकास शाखामा जानकारी गराउन स्थानीय किसानलाई अनुरोध गरिएको छ। “गाउँपालिकाकै व्यवस्थापनमा गुन्द्रुक बनाएर बिक्री गर्ने योजना बनाईंदैछ,” खत्रीले भने।
काभ्रेको बजारमा खुद्रा मूल्य अनुसार गाउँपालिकाले स्थानीयको साग खरिद गर्न लागेको हो। यसअघि जिल्लाको मण्डनदेउपुर नगरपालिकाको १५औँ अधिवेशनको दोस्रो नगरसभा बैठकले मोहीको ब्रान्डिङ गर्ने विशेष प्रस्ताव पारित गरेर मोही ब्रान्डिङ गर्ने प्रक्रिया थालेको थियो।
बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको पेय पदार्थको सेवन नगर्ने अठोटका साथ स्थानीय उत्पादन मोहीको ब्रान्डिङ गरी मोही–प्रवर्द्धन गर्न लागिएको हो। मोहीको व्यावसायिक उत्पादन थालेपछि मागको आधारमा लेबल लगाएर बजारमा लगिने छ।
नगरमा उत्पादन भएको दूध स्थानीय बजारमा बिक्री भई दैनिक ३५ देखि ४० हजार लिटर बाहिर पठाइने गरिएको नगर पशुपंक्षी विकास शाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
