सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा हल्का वर्षाको सम्भावना

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।

जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका थोरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

दिउँसो सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भूभाग मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि साधारणतया बदली हुनेछ। सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा  हल्का हिमपातको सम्भावना रहेको छ।