रियल मड्रिड दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै अन्तिम १६ मा पुगेको हो। रियलको जितमा केलियन एमबाप्पेले ह्याट्रिक गरे।
काठमाडौँ– केलियन एमबाप्पेको ह्याट्रिकमा रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ।
बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै प्रिक्वार्टरफाइनलमा पुगेको हो। पहिलो लिगमा रियल ३-२ ले विजयी भएको थियो।
सान्टियागो बर्नाबेउमा खेलको चौथो, ३३औँ र ६१औँ मिनेटमा गोल गर्दै एमबाप्पेले ह्याट्रिक पूरा गरे। सिटीका निको गोन्जालेजले इन्जुरी समयमा एक गोल फर्काए।
रियलले क्वाटरफाइनल प्रवेशका लागि एट्लेटिको मड्रिड वा लेभरकुसेनमध्ये एकको समना गर्नेछ।
यस्तै, पेरिस सेन्ट जर्मन (पीएसजी) पनि अन्तिम १६ मा पुगेको छ। दोस्रो लेगमा ब्रेस्टलाई ७-० ले पराजित गर्दै पीएसजी प्रिक्वाटरफाइनलमा पुगेको हो।
पहिलो लेग पीएसजीले ३-० ले जितेको थियो । अब पीएसजीले क्वार्टरफाइनल प्रवेशका लागि लिभरपुल वा बार्सिलोनामध्ये एकको सामना गर्ने छ।
बुधबार रातिको खेलबाट जर्मन क्लब बोरुसिया डर्टमन्डले पनि अन्तिम १६ मा स्थान बनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
