संविधानसभा सदस्य विदुर सापकोटाको निधन

सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले बिहीबार शोक बिदा दिएको छ। उनकाे बिहीबार नै दाहसंस्कार गरिने बताइएकाे छ

काभ्रेपलान्चोक– संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।

मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्यान्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए। 

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए। फोक्सोमा समस्या भएपछि फागुन ४ गते उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए। दिवंगत नेता सापकोटाका पत्नी र एक छोरी छन्।

सापकोटाको निधनमा मण्डनदेउपुर नगरपालिकाले बिहीबार शोक बिदा दिएको छ। उनकाे बिहीबार नै दाहसंस्कार गरिने बताइएकाे छ।