तोलामा ५०० रुपैयाँले बढ्यो सुन

बुधबार प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको सुन आज १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।

काठमाडौँ– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५०० र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ।

बुधबार १ लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति १ लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसैगरी, बुधबार १ हजार ९८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल १ हजार ९९५ रुपैयाँ कायम भएको छ।