काठमाडौँको दक्षिणकालीस्थित वनमा डढेलो

दक्षिणकाली नगरपालिकाको–४, ३ र १ को जंगल क्षेत्रमा डढेलो फैलिएको छ। यसले ३० हेक्टरभन्दा बढी वनक्षेत्र जलिसकेको छ।

फाइल तस्वीर।

काठमाडौँ– काठमाडौँको दक्षिणकालीस्थित वन क्षेत्रमा डढेलो फैलिएको छ।

दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ५ बजेदेखि डढेलो लागेको बताए। उनका अनुसार डढेलो निभाउने प्रयास गरिए पनि सकिएको छैन।

हालसम्म नगरपालिकाको–४, ३ र १ को जंगल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टरभन्दा बढी वनक्षेत्र जलिसकेको उनले बताए। नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन्। 

सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको नगरप्रमुख बस्नेतले बताए। वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको जनाइएको छ।