करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब बन्नेछ।
काठमाडौँ– काठमाडौँको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माणको कामले गति लिएको छ।
तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलामा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ। सबस्टेसन निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्यसाथ काम भइरहेको छ।
करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब बन्नेछ। मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नुपर्ने माग राख्दै स्थानीयले लामो समयदेखि अवरोध गर्दै आएका थिए। स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेसन निर्माण भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
खिम्ती–बाह्रबिसे–लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जीआईएसका उपकरण रहने भवनलगायत सिभिल संरचनाको निर्माण करिब ४० प्रतिशत सकिएको छ। सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस, कन्ट्रोल प्यानललगायत सम्पूर्ण उपकरणको आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ। आयोजनाअन्तर्गत खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन्।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए। तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौँ आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिने छ। प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावर खडा गरिएको छ। करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी छ।
त्यस्तै, बाह्रबिसे–लप्सीफेदी खण्डमा पर्ने १२२ टावरमध्ये दुई वटाको मात्र निर्माण गर्न बाँकी छ। उक्त टावरहरू लप्सीफेदी क्षेत्रमै पर्छन्। करिब ४२ किलोमिटर तार तानिएको छ। तामाकोशी–काठमाडौँ प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यसाथ काम भइरहेको आयोजना प्रमुख नितिश पौडेलले बताए। आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण भइसकेको छ।
उता, लप्सीफेदी सबस्टेसनकाट काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि अगाडि बढाइएको लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध अझै हट्न सकेको छैन। प्रसारण लाइनको मार्गधिकारका जग्गाधनीले अवरोध गर्दा करिब सात वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आएको छ। यसका कारण प्रसारण लाइन निर्माण नै शुरू हुन सकिरहेको छैन।
आयोजनाअन्तर्गतको चाँगुनारायण १३२ केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ। तर, विद्युत् आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सबस्टेसन सञ्चालनमा आउन सकिरहेको छैन। उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालिएपछि काठमाडौँको पूर्वीभेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ। हाल उक्त क्षेत्रमा चाबहिल सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
