अन्तर्राष्ट्रिय महिला फुटबलमा नेपाल समूह चरणको एक खेलअगावै फाइनलमा प्रवेश गरेको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल समूह चरणको एक खेलअगावै फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा नेपाल लेबनानलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
नेपालका लागि सावित्रा भण्डारी ‘साम्बा’ले गरेको गोल नै निर्णायक रह्यो। उनले ४२ मिनेटमा डिबक्स बाहिरबाट प्रहार गरेको बल लेबनानकी डिफेन्डरको खुट्टामा लागेर गोलमा परिणत भएको थियो। आजको खेलमा दुवै टोलीले केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन्।
नेपालसँगै म्यानमारले पनि समूह चरणको एक खेलअगावै फाइनलमा स्थान पक्का गरेको छ। अब नेपाल र म्यानमारबीच समूह चरणको अन्तिम खेल हुने छ। त्यस्तै, फाइनलमा पनि यी दुवै टोलीबीच प्रतिस्पर्धा हुने छ।
दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोल अन्तरले पराजित गरेको थियो। म्यानमारले यसअघि लेबनानलाई ३–१ गोल अन्तरले हराएको थियो भने किर्गिस्तान नेपालसँग १–० गोल अन्तरले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
